Mr. Suraj Pyakurel

I AM

image
Hello, नमस्कार !

I'm Suraj Pyakurel

I am suraj Pyakurel, Journalist and a Media consultant. I am an editor-in-chief at arthasarokar.com, Nepal's Leading Business news portal and casarokar.com, Nepal's 1st News portal on professional accountancy. I am Managing Director of Shubham Media Pvt. Ltd. and working as a media consultant for various National and International Companies.

Journalism is my passion. Media Management is my profession. I love to travel and share my experiences. I love to write. I am persuing my Masters Degree in Journalism and Business studies. I am also a LLB Student.


Education
Tribhuvan University

Masters in Business Studies

Tribhuvan University

LLB

Purbanchal University

Masters in Mass communication and journalism


Experience
Editor-In-chief

Arthasarokar.com / Casarokar.com

Outsource Program Producer / Presenter

Sagarmatha TV / News 24 TV/ TV Today

Program Producer / Presenter

Capital FM, Kathmandu


I believe on my work
Media management
Journalism
Branding
Media Planning

2

Awards Won

25+

Happy Customers

50+

Projects Done

5+

On going Projects

WHAT CAN I DO

Media Planning

Radio / Television / Online / Paper planning

Media Management

PR Works

Research Writing

Business Beat

MY RECENT BLOGS

फेसबुके दशैँ र ठेसबुके जिन्दगी !

www.surajpyakurel.com.np
"गाउँमा पिङ्ग हाल्ने कुरा छ।  घरै अगाडिको रुखमा।  दिउसो पालो आएन भने राति भए पनि मच्चिने  मन छ " एउटा खास खुसिसंगैको दशैँ सुरुवात।  जिन्दगिमा पहिलो पटक जिन्सको सर्ट र जिन्सकै पाइन्ट लगाउने धोको पूरा हुदैछ।  खसीको २ खुट्टे भाग पनि भन्या छ रे ! वाह ! क्या मज्जा आउने भो दशैमा! मन मनै एउटा रमाइलो धुन बज्छ।   माओली गाउमा त्यो धारा माथिको घरमा पहिला जानु पर्छ, एक एक रुपैयाका ५ वोटा नया नोट ! वाह ! झन् मज्जा ! दुइ-तीन वोटा दशैंको पैसा जम्मा गर्न पाए त साइकल आउथ्यो।

क्या सानसंग गुड्न पाइन्थ्यो।  बुबा सप्तमीको दिन आउनुहुने रे ! खसी पनि हाम्रै घरमा काट्ने रे ! खुसिको सिमा नै छैन।  मन त्यसै त्यसै गदगद भएको छ। आजभन्दा दशक अगाडिको दशैँको सम्झना हो यो।  दशैँ भने पछि खुसिको एउटा सागर आइपुग्थ्यो घरमा, मनमा।  दशैँभरिका लागि स्कुलले दिएको होमवोर्क बाहेक केहिको पनि चिन्ता छैन।  त्यो पनि सक्काउला दशैँ तिहार बीचमा भन्ने हुन्थ्यो।


तर आजको दशैँ फेरिएको छ।  दशैँ आउछ जान्छ, खास बिसेष केहि छैन।  घरमा खसी काट्दाको खुसि हराएको छ।  जिन्सको पाइन्ट लगाउदाको रमाइलो बिलाएको छ।  हजार कै नोटको दक्षिणा  भए पनि त्यो औपचारिकताको नमुना मात्र ! खोक्रो भएको उल्लाश।

 जिम्मेवारीले थिचे पछि अंह यो दशैँमा कुनै रौनकता छैन।  तर पनि आए पछि स्वागत गर्ने पर्ने रे यो दशैँलाइ ! र त मनाइयो खास उल्लाश बिना नै खोक्रो , खल्लो दशैँ ! टिकाको दिन बिहानै देखि नया लुगा लगाउने रौनक हराएको छ।

 खास साइतको मतलब पनि ! र पनि हजुर आमाले ठिक सवा दश बजे टिकाको साइत जुर्या छ भन्ने खबर दिनुभो ! आफैलाई लाज लाग्दो कुरो, नाति पत्रकार, दशैँको साइत हजुर आमाले भन्नु भो ! बर्बाद ! र यस्तै औपचारिकतामा सकियो दशैँ।  टिका लगाउदै गर्दा आमा बोल्नुभो ! "फूटा पनि खिचा है ! त्यो फ्यास्बुकमा हाल्दिनु।"  अमेरिकामा मेरो भाइले हेर्छ ! वोहो ! दशैँ त आमालाइ पो लागेछ ! प्रविधिले दिएको फरक खालको खुसि।

 आमाकै अनुरोधलाइ स्वीकार गर्दै फेसबुकमा फोटो हाल्न खोलेको मात्र थिए फेसबुक बाफरे ! टिकाको साइत सकेको १५ मिनेट नापुग्दै वालहरु रंगिन बनिसकेछन्।  सबैलाई आ-आफ्नै ध्याउन्ति।  कोहि दशैँमा घरमा टिका लगाएका कोहि विदेशमा ! फ़ोटै फोटा।  यस्तो लाग्यो फेसबुक दशैँमय होइन कि दशैँ नै फेसबुकमय भएको छ।

  हेर्दै गए वालहरु।  खुसि साट्नेको कथा संगै दुख बाढ्नेको ताती पनि उस्तै ! मानौ कि उनीहरुका लागि फेसबुक भनेको जिन्दगीका ठेसहरु ब्यक्त गर्ने ठेस्बुक भएको छ।  दशैँमा घर जान नपाएको पिडा होस् या बिदेशिनुको सबै छताछुल्ल भएर पोखिदै थियो फेसबुकमा ! दशक अगाडिको दशैँमा कहाँ त्यस्तो हुनु र !

सम्झिदा पनि सपना जस्तो लाग्छ ! जे होस् सकियो दशैँ।  फेरी अर्को साल फर्किनेछ तर बाल्यकालको दशैँ खुसि सायद कहिल्यै नफर्किने गरि इतिश्री भैसक्यो।  ठेस नै ठेस को भकारी भएको जिन्दगीमा खास दशैँ को उल्लाश रित्तिएको छ। जय फेसबुके दशैँ ! जय ठेस्बुके दशैँ !

-नेप्लिज टाइम्स मासिकको २०७२ साल कार्तिक अंकमा प्रकाशित

नसुतेको 'म' र नब्युझेको 'देश'

http://2.bp.blogspot.com/-hP-0Jlk5N_4/VDStymMQhTI/AAAAAAAAAJY/TwRjBRS-vAo/s1600/20140809_104455.jpgजति काम गरे पनि के गर्छस ? संगै पढेको साथी  (जसले प्लस टु पनि पास गरेको छैन) ले दुवईमा महिनाको लाख कमाउन थालिसक्यो।  तेरो बेकारको टनटन। वर्षभरि काम गर्यो दशैँ मनाउन नै टेन्सन छ ! कहिलेकाही आफैलाई आफैले सोधेर आफैलाई धिकार्ने प्रस्न हो यो। उही एक सिरियलमा बेलासे नामको एक पात्रले भन्थ्यो नि, 'तनाबै तनाब छ, गोजीमा दुई रुपियाँ छैन ! त्यस्तै भद्रगोल छ धेरै नेपालीहरुको जिन्दगि आजकल !

 यस्तैमा एक दिन काम र पढाइमा अलिकति फुर्सद निकालेर टिभि हेर्दै थिएं,  धन्न आफ्नै भएर  फ़ुटाउन मन लागेन, देशका प्रधानमन्त्रीले बोलेको सुन्दा। देशमा संबिधान ल्याउन अब 'उ' गर्नु पर्छ रे !  कोइरला बाले केलाई 'उ' भने पत्तै भएन। सायद धेरैले नबुझेको तर बुझ्न चाहेको 'उ'  हो त्यो ! तर कोइराला बाले 'उ' भन्दै गर्दा म झस्किएँ, देशमा कोइराला बाको 'उ' को चर्चा छ तर मेरो 'उ' अर्थात चर्चा हुनु पर्ने तर गुमनाम भएको दाजु, जो इन्जिनीयर पास थियो।  तर एसएलसी फेलहरुले जिम्मा लिएको मुलुकमा उसको इजत हुने कुरै भएन।  उ परदेसीयो । पढ्ने बहानामा, आफ्नो भबिस्य खोज्दै , देशभित्र देश नभेटेपछि। 

 उसलाई एरपोर्ट सम्म पुर्याउन म पनि गएको थिएँ।  कठै उसको आखामा बिदेशिनुको कुनै खुसि थिएन।  आफ्नी बहिनीले 'दादा' भन्दै डाको छोडेर रोएको दृष्य नेपालको अन्तिम सम्झना बनाएर गयो।  ढोकाबाट भित्र छिर्दा उसले हल्लाएको हातले बिदाइ मात्र संकेत गरिरहेको थिएन, जीवनमा आफुलाई करिब २५ वर्ष लगानी गरेको देशलाइ छोडेर जाँदाको पिडाबोध गरिरहेको थियो।  तर उसंग त्यसको बिकल्प पनि त थिएन।  उसलाई त जीवन बनाउनु छ ! सायद यो देशमा उसले त्यो सम्भावना देखेन र सायद छैन पनि।

काठमान्डूमा सानै भए पनि आफ्नै घर।  एउटा गाडि, खुसि परिवार , थाई जागिर अनि कम तनाब सहितको जिन्दगि।  हर नेपालीहरुको बलात्कृत सपना हो यो।  तर देशको जिम्मा लिएकाहरु कोहि 'उ' गर्न मै ब्यस्त छन् कोहि 'उ' गर्न नपाएर त्यसको चांजोपाजो  मिलाउंदैछन। तर कठै यो देशका युवाहरु दिनदिनै  उडिरहेछन यो देशलाइ सरापेर।  अर्की पात्र काजोल।  नेपालमा सिए पढ्दै थिई।  हजार सपना देखेर पढ्न सुरु गरेकी उनी सिए भएको खास व्यक्तिलाइ देखेर ब्युँझी सायद ! बिदेशिन एसीसीए अध्ययन गर्दै नेदरल्याण्ड पुगी।

  उ भन्दै थिई  " केहि दिन अघि स्काईप मा कुरा गर्दै उनि भन्दै थिई, मैले जे गरें, त्यसका लागि म खुसि छु " तर यो देशले बुझ्नु पर्ने हो उनको खुसि भित्र खास तनाब छ।  आफ्नो देश छोड्नुको पिडा मात्र होइन, देशमा जिन्दगि नबन्नुको देशले दिएको खास मानसिक यातना पनि।  अब त देश पाखो बारी बन्दैछ।  

सम्भावना छ भनेर के गर्नु, गर्ने ठाउं नै नरहेपछी।  म सम्झिन्छु, मलाई राम्रो पढाउने गुरु जापान जानु भएको छ।  मलाइ माया गर्ने साथि कतार हानिएको छ।  मेरो प्यारो दाई पनि विदेशिएको छ।  मैले माया गर्ने मान्छे पनि विदेशिएकी छ।  अनि कुन सम्भावनाको कुरा गरौँ म यो देशसंग। नगरेको पनि होइन झन्डै अरबमाझैँ काम गरिन्छ बिहानदेखि बेलुकासम्म।  तर खोइ अवसर ? कुरामा मात्र अवसर भएर के गर्नु खासमा जीवन भित्र पिडा नै पिडा भएपछि।  आज पनि रात भर सुतिन।  बिहान को ९ बजेछ पत्तै भएन।

  तर अहँ मेरो अनिदो रातको कुनै पनि मतलब छैन।  म नसुतेर के गर्नु देख ब्युझेको छैन। कठै मेरो देश, ऊ त पाखा डांडाहरुलाई नगरपालिका घोषणा गराउंदैमा ब्यस्त छ ! र कठै म खोक्रो रास्ट्रीयता भित्र 'देश' खोज्दैछु अचेल !
(देशप्रेम साप्ताहिकमा प्रकाशित )

Start Work With Me

Contact Me
SURAJ PYAKUREL
+977 9851017914
Kathmandu, Nepal